काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि सन्दीप जोराले ३४ रन बनाए भने रोहित पौडेल ३३ रनमा अविजित रहे। दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। उसका फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रानले समान ३० रन बनाए भने नान्गेलिया खान १७ रनमा अविजित रहे।
नेपालका लागि बलिङतर्फ कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।
समूह ‘ए’ मा रहेको नेपालको प्रतियोगितामा यो पहिलो खेल हो। अफगानिस्तानले भने आफ्नो पहिलो खेलमा जापानलाई ४८ रनले पराजित गरेको थियो।
पुरुष क्रिकेटतर्फ प्रतियोगितामा १० टोली सहभागी छन्। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका भने सोझै क्वाटरफाइनलमा पुगेका छन्। समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन्।










प्रतिक्रिया दिनुहोस्