Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


अविरल वर्षापछि कान्तिलोकपथ अवरुद्ध, त्रिभुवन राजपथ र कुलेखानी सडक सञ्चालनमा


91
Shares

हेटौंडा । अविरल वर्षाका कारण हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ पहिरोका कारण अवरुद्ध भएको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ अन्तर्गत पाँचधुरे, प्याङधुर र टीकाभैरव क्षेत्रमा पहिरो खसेपछि सडकमा यातायात प्रभावित भएको हो।

यस्तै, हेटौंडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ तथा हेटौंडा–कुलेखानी–फाखेल–सिस्नेरी सडक भने हाल सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

यसैबीच, अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर नजिक पहिरो खसेपछि सडक बन्द भएको छ। त्यसले गर्दा त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेर जाम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा आउने सवारीसाधनका लागि छुट्टाछुट्टै समय तालिका निर्धारण गरेको छ।

प्रशासनले यात्रुलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

Skip This