काठमाडाैं । मुलुकको अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकलले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को त्रैमासिक प्रतिवेदनमा अर्थतन्त्रका सूचक सकारात्मक देखिएका हुन् ।
चालु खाता १ खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा चालु खाता ५४ अर्ब ४१ करोड रूपैयाँले वचतमा रहेको थियो । यस अवधिमा १ अर्ब २७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको जनाइएको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रूपैयाँ बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रूपैयाँले बचतमा रहेको थियो । असोजसम्म ५ खर्ब ५३ अर्ब रेमिटेन्स भित्रिएको ।
विप्रेषण आप्रवाह अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३५ प्रतिशतले बढी हो । २०८२ असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको असोजमा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो ।
२०८२ असार मसान्तमा २६ सय ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा २९ सय ७९ अर्ब ८१ करोड पुगेको छ ।
यस्तै, राष्ट्र बैंकको तथ्यांकअनुसार महँगीदर घटेको छ । असोजमा मूल्यबृद्धि १ दशमलव ४७ प्रतिशत रहेको राष्ट्र बैंकको दाबी छ । अघिल्लो वर्षको यसै महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्