Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


सरकार गठनको विरुद्धमा सात राजनीतिक दलहरुको आज पनि आन्दोलन


234
Shares

काठमाडाैं ।

मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आईतवार पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

मधेस प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको र मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले मधेस भवन अगाडि धर्नामा बसेका हुन् ।

माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत साहले आफूहरूको विरोध तत्कालिन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताउनु भयो। उहाँले सर्वोच्च आदलतले मुख्यमन्त्री नियुक्तिको विषयमा गर्ने फैसला मधेसी जनताको पक्षमा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले समेत सर्वोच्चको फैसलालाई आफूहरु सम्मान गर्ने बताउनु हुँदै त्यसपछि आफूहरु ७ दलिय गठबन्धनले छलफल गरी आन्दोलनको स्वरुपको विषयमा छलफल गर्ने बताउनु भयो ।

७ दलिय गठबन्धनमा नेपाली काँग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा ९माओवादी केन्द्र०, लोसपा, नेपाल, नेकपा ९एकीकृत समाजवादी० र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । आईतवार उनीहरु नेपालको राष्ट्रिय झण्डा बोकेर धर्नामा बसेका हुन् ।