Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


बढ्यो पेट्रोल-डिजेलको मूल्य, कति पुग्यो?


3.4k
Shares

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो ।

निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु २ र डिजेलमा रु ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । यो निर्णयसँगै अब पेट्रोलको मूल्य १६१ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको निगमले जनाएको छ । यो मूल्य कातिक ३० गते बिहान १ बजेदेखि कायम हुने समेत निगमले जनाएको छ ।