काठमाडौं ।
पछिल्ला केही दिनयता देशभर मौसम सफा रहँदै आएको छ । कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि मौसम सफा रहनेछ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।
विभागले राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।




प्रतिक्रिया दिनुहोस्