Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


देशभर मौसम सफा रहने


0
Shares

काठमाडौं । देशभरको मौसम आज सामान्यतः सफा रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।