Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


पाटनदरबार क्षेत्रमा आगलागी आपत्कालिन सूचना प्रणाली जडान


182
Shares

काठमाडाैं । ललितपुरको पाटनदरबार क्षेत्रमा आगलागी आपत्कालिन सूचना प्रणाली स्थापना गरिएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मंगलबार एक कार्यक्रमबीच सोही प्रणालीको सुभारम्भ गर्नुभएको हो। आगलागीबाट हुने विपद्को बेलामा तत्काल नियन्त्रण गर्न आवश्यक सूचना दिने उद्देश्यले प्रणाली जडान गरिएको मेयर महर्जनले बताउनुभयो ।

उहाँले याे प्रणाली परीक्षणको रुपमा सञ्चालनमा ल्याएको र त्यसले प्रभावकारी ढंगले काम गरे ललितपुरको सबै चोकहरुमा जडान गर्ने योजना रहेको पनि जानकारी दिनुभएकाे छ। साेही अवसरमा मेयर महर्जनले मुलुकका सबै नगरपालिकाहरुले भन्दा महानगरले विपदको क्षेत्रमा अब्बल तरिकाले काम गरेको दावी समेत गर्नुभयो।

उहाँले भन्नुभयो,-‘विपदकाे सन्दर्भमा हामीले यो मुलुकमा २९३ वटा नगर पालिकाहरु छन् । त्यो मध्य ललितपुर महानगरपालिकाले एकदमै अब्बल तरिकाले काम गर्दै आएको मैले यहाँहरुलाई जानकारी गराए । यो अहिले हामीले डेमो गर्न खोजेको हो । यो कत्तिको काम गर्छ भनेर हेर्न खोजेको हो । यसले ठ्याक्कै काम गरेको अवस्थामा हामी ललितपुर महानगरको प्रत्येक चोकचोकमा यो प्रणाली जडान गर्ने छौं ।’

ललितपुर महानगरले यसअघि नै विपद कालमा गुनासो सुन्नका लागि ११३१ नम्बरको टोल फ्रि नम्बर संचालनमा ल्याइसकेको छ।