काठमाडाैं । नेपालको सबै भन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘वल्र्डलिंक सिक्स-जी’ पछिल्लो पुस्ताको वाईफाई राउटरसहितको सेवा सार्वजनिक गरेको छ।
कम्पनीले नयाँ वाईफाई सिक्स राउटर प्रविधिले घर र बहुतले भवनहरूमा थप कभरेज पुर्याउन मद्दत गर्ने भन्दै अहिलेको वाईफाई फाइभ राउटर भन्दा ४० प्रतिशत बढी कभरेज प्रदान गर्ने दावी गरेको हाे । कम्पनीले नयाँ प्रविधिले चार गुणा तीव्र गति र बढी भरपर्दो कार्यसम्पादन प्रदान गर्ने दावी गर्दै आएकाे छ। जसले फोके स्ट्रिमिङ, अनलाइन गेमिङ र भिडियो कन्फरेन्सिङ जस्ता आधुनिक ब्यान्डविथ अधिक खपत गर्ने कार्यहरूको लागि सहज हुने जनाइएको छ।
वल्र्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले वाईफाई-६ को शुरुवात देशको लागि स्मार्ट, छिटो र बढी कुशल डिजिटल युगतर्फको महत्वपूर्ण कदम भएको जिकिर गर्नुभयो। अग्रवालले अहिलेको अवस्थामा विश्वमै सबै भन्दा सस्तो मूल्यमा वाईफाई सिक्स राउटरसहितको इन्टरनेट सेवा दिने घोषणा गर्नुभएकाे छ। विश्वव्यापी रूपमा मान्यता प्राप्त वाईफाई सिक्स नेपाली सेवाग्राहीको इन्टरनेट अनुभवलाई रूपान्तरण गर्न डिजाइन गरिएको प्रमुख प्राविधिक अपग्रेड भएको कम्पनीले जनाएकाे छ।
वल्र्डलिंकका सीईओ केशव नेपालले नोकियासँगको सहकार्यमा र नेपाली बजारलाई ध्यानमा राखेर नयाँ प्रविधिमा समेत अरु देशको तुलनामा सस्तो मूल्यमा इन्टरनेट सेवा दिन सकिएको दावी गर्नुभयो । कम्पनीले अहिलेका लागि वल्र्डलिंक सिक्सजीअन्तरगत शुरुवाति ४ सय एमबीपीएस इन्टरनेट सेवा १ हजार २ सय ९ रुपैयाँ कर बाहेकको मासिक सेवा शुल्कमा दिने जनाएको छ।




प्रतिक्रिया दिनुहोस्