Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


कारागारबाट छुटेको दिनै श्रीमतीको हत्या


533
Shares

काठमाडाैं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा ५१ वर्षीय जीतबहादुर विकले आफ्नी ५२ वर्षीया श्रीमती सीता विकको कुटपिट गरी हत्या गरेका छन्।

कारागारबाट वैवाहिक जबर्जस्ती करणी मुद्दामा धरौटीमा छुटेको दिनै उनले श्रीमतीमाथि आक्रमण गरेका हुन्।

बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी प्रदेश अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।
घटनापछि स्थानीयले जीतबहादुरलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्।

श्रीमती सीताले नै धरौटी तिरेर उनलाई जेलबाट छुटाएकी थिइन्। उनका तीन छोरा विदेशमा छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।