Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


जलवायु परिवर्तनका कारण विश्वभरी लाखौं मानिस विस्थापित


143
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) ले जलवायु परिवर्तनको कारण विश्वभरी लाखौं मानिसहरू विस्थापित भएको पुष्टि गरेको छ।

ब्राजिलमा ३० औं संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप–३०) हुनु अघि जारी गरिएको एक प्रतिवेदनमा युएनएचसीआरले विगत एक दशकमा मौसम सम्बन्धी प्रकोपहरूले करिब २५ करोड आन्तरिक विस्थापनहरू निम्त्याएको जनाएको हो। दक्षिण सुडान-ब्राजिलमा बाढी, केन्या, पाकिस्तानमा रेकर्ड तोड्ने तापक्रम-चाड र इथियोपियामा पानीको अभावलाई उद्धृत गर्दै द्वन्द्वबाट विस्थापित तीन चौथाई मानिसहरू मुख्यतः जलवायु परिवर्तनको प्रभावको जोखिममा रहेको छ।

प्रतिवेदनले जलवायु परिवर्तनले विस्थापित समुदायहरू र द्वन्द्व प्रभावितहरूलाई तुलनात्मक रुपमा धेरै समस्या सामना गर्नुपर्ने जटिलता बडाइ दिएको जनाएको हो।