Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


गण्डकी प्रदेशसभा बैठक आज बस्दै


117
Shares

कास्की । गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ ।

जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवन जलेपछि स्थगित भएको प्रदेश सभा बैठक दिउँसो १ बजे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बस्न लागेका हो ।

यसअघि प्रदेशसभाको अन्तिम बैठक भदौ १६ गते बसेको थियो । त्यसपछि भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी भएपछि बैठक बस्न सकेको थिएन ।

यसअघि असोज २२ गतेका लागि बैठक बोलाइएको भए पनि सांसदहरुले असुरक्षा महसुस गरेपछि बैठक स्थगित गरिएको थियो ।