Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


आलमको निधन शोकमा ईशनाथ नगरपालिकामा सार्वजनिक बिदा


221
Shares

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन शोकमा बिदा दिइएको नगरप्रमुख कौशल्या देवीले बताउनुभएको छ ।

उहाँका अनुसार नगरपालिकाभित्रका सम्पूर्ण सरकारीरसार्वजनिक कार्यालय, विद्यालय तथा संघसंस्थामा सार्वजनिक बिदा दिएको हो ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहटका पूर्वसभापति ६३ वर्षीय आलमको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा शनिबार ९कात्तिक २२० बिहान निधन भएको हो । उनले विगतमा रौतहटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए ।

आलम ०१९ असार ५ गते रौतहटको तत्कालीन राजपुर फरहदवा गाविस–४ मा जन्मिएका थिए । उनले ०३६ देखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा थालेका थिए । उनी पटक–पटक मन्त्री बनेका थिए ।

०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिकाका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपूत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसलापछि उनले जेलजीवन बिताएको उल्लेख गरेको छ ।