Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते


130
Shares

काठमाडौं ।
गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेमा माइक्रोबस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन्।

भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।

घाइते अधिकांश चितवनको खैरेनी नगरपालिका घर भएका रहेका खुल्न आएको प्रहरीले जनाएको छ । उक्त माइक्रोबसमा १९ यात्रु सवार थिए।