Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


सुनकाे मूल्य बढ्याे


845
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको छ ।

यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ ।