Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान


39
Shares

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ ।

विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकरदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ ।