Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


आजको मौसम पूर्वानुमान : यी स्थान वर्षा र हिमपातको सम्भावना


1.1k
Shares

काठमाडाैं ।

हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशका तराई भूभागका विभिन्न स्थानहरूमा छिटपुट वर्षा भएको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने ‍पूर्वानुमान छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो हल्क वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।