Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


सरकारले सबै राजनीतिक दललाई आगामी निर्वाचनमा सहभागी गराउने गरी आवश्यक वातावरण बनाउनुपर्छ: सभापति देउवा

देश र जनताको पक्षमा आफूले सकेको योगदान दिएको तर्क

936
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आगामी निर्वाचनको वातावरण बनाउनका लागि ध्यान दिनुपर्ने बताउनुभएको छ ।

जेनजी आन्दोलनपछि पहिलो पटक मंगलबार पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै सोही आवश्यकता औंल्याउनुभएको हो । सभापति देउवाले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेता पनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा बन्न नसकेको उल्लेख गर्नुभएकाे छ।

सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक वातावरण सरकारले बताउनुपर्नेमा उहाँकाे जाेड थियाे। सभापति देउवाले देश र जनताको पक्षमा आफूले सकेको योगदान दिएको समेत बताउनुभएकाे छ।