Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


निर्वाचन आयोगद्वारा आगामी फागुनमा हुने निर्वाचनको कार्यतालिका स्वीकृत

दल दर्ता आगामी मंसिर १० गतेसम्म, नयाँ दल दर्ता भने कात्तिक ३० गते...

533
Shares

काठमाडाैं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका तोकिएको निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।

आयोगले साेमबार निर्वाचन प्रयोजनका लागि आगामी मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय तोकेको हाे । तर नयाँ दल दर्ताको समय भने आगामी कात्तिक ३० गतेभित्र गरिसक्नु पर्ने भएकाे छ । आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार आगामी माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएकाे हाे । तर समानुपातिका निर्वाचनका लागि भने मंसिर १५ गते नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएकाे छ।

समानुपातिक तर्फका उम्मेदवारको बन्द-सूची आगामी पुस १८ र १९ गते पेश गर्ने कार्यक्रम आयोगले तय गरेको छ । निर्वाचन प्रचार प्रसारको समय फागुन ३ देखि १८ गतेसम्मका लागि तोकिएको हाे । त्यसपछि भने मौन अवधि शुरु हुने भएकाे छ। फागुन २१ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको हाे।

समानुपातिक र प्रत्यक्ष दुवैतर्फको मतपेटिका संकलन भएपछि मतगणनाको कार्यक्रम शुरु हुने आयोगले स्वीकृत गरेको कार्यतालिकामा उल्लेख गरिएकाे छ ।