Logo १७ आश्विन २०८२, शुक्रबार | Fri Oct 3 2025


राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय हुनै सक्दैन: महासचिव पोख्रेल


741
Shares

काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोख्रेलले राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको बताउनुभएकाे छ।

महासचिव पोख्रेलले शुक्रबार दिउँसाे सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे । पूर्वीय दर्शनले मानव समाजलाई ४ पुस्ताको संयोजन मान्ने बताउँदै उहाँले राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय हुन नसक्ने बताउनुभएकाे छ।

उहाँले खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा रहेको समेत उल्लेख गर्नुभयाे । समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्नेमा उहाँकाे जाेड छ।

तर त्यहीं नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुन नहुने महासचिव पोख्रेलकाे तर्क थियाे ।