
काठमाडाैं । ट्राफिक प्रहरीले चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि संयुक्त ट्राफिक रयाली गरेको छ ।
काठमाडौंमा आइतबार चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले संयुक्त र्याली गरेका हुन् । र्याली कार्यक्रमपछि आयोजित कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले नेपालमा सुशासन कायम हुुनुपर्ने बताउनुभएकाे छ। लोकतन्त्र, सुशासन र पारदर्शीतासहितको सुरक्षित समाज सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपालीहरुको भावना अनुरुप पारदर्शीता कायम गरी कानूनले तोके बमोजिम काम कारबाही गर्न जरुरी रहेको उहाँले बताउनुभएकाे छ। चाडवाडमा लागुपदार्थ सेवन गरेर होहल्ला गर्ने र तडक भडक गर्ने कारणले समाजमा त्रास बढ्नसक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको समेत उहाँले बताउनुभयो ।
प्रमुख कार्कीले प्रहरीले विभिन्न परिवेशको ध्यान राखेर देशको सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताउनुभयो । कसैले पनि डर र त्रासमा बस्न नपरोस् भनेर प्रहरी क्रियाशील रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्