
काठमाडाैं । जिल्ला प्रशासन कार्यलय काभ्रेले वीपी र अरनिको राजमार्गमा दशैं अवधिभरी टिपर सञ्चालनमा रोक लगाएको छ ।
प्रशासनले एक सूचना जारी गर्दै यस्ताे राेक लगाएकाे हाे । नेपालीहरूको मुख्य पर्व दशैं अवधिभर वीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जित हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न र आमनागरिकको आवागमनलाई सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताउनुभयाे।
प्रशासनले यहि असोज ६ देखि २२ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाएको जनाएको छ । यस अवधिमा टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लंघन गरेको पाइएमा कानून बमोजिम कडा कारबाही हुने जारी सूचनामा भनिएकाे छ ।
प्रशासनले अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनलाई भने यो नियम लागू नहुने जनाएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्