Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


पहिराेका कारण अबरूद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी नै सञ्चालनमा


325
Shares

काठमाडौं । चितवनकाे मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साेमबार साँझ साढे ५ बजेदेखि दुईतर्फी नै सञ्चालनमा आएकाे छ।

सडक डिभिजन कार्यालय भरतपुरले अहिले पहिरो पूर्णरूपमा हटाएर सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा ल्याइएको जनाएकाे हाे ।दुईतर्फी सडक खुलाउनका लागि साेमबार आवागमन रोकेर काम गरिएको थियो । रातको समयमा ढुंगा खस्ने जोखिमका कारण यातायात गत राति रोकिएको थियो ।

गत शुक्रबार साँझबाट अवरुद्ध भएको सडक आइतबार साँझ मात्र एकतर्फी रुपमा सञ्चालन गरिएकाे थियाे।