काठमाडौं । नवनियुक्त मन्त्रीहरूको पद तथा गाेपनीयताकाे शपथ ग्रहण एक घण्टा पर सारिएको छ ।
यस अघि सोमबार दिउँसो २ बजे हुने भनिएको शपथ प्राविधिक कारण देखाउँदै एक घण्टा पर सारिएको हो। राष्ट्रपति कार्यालयका एक अधिकारीले २ बजे तय भएको शपथ प्रधानमन्त्री कार्यालयकै अनुरोधका आधारमा साेमबार दिउँसाे ३ बजेका लागि सारिएको बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, मदन परियार र ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेललाई मन्त्रीका लागि सिफारिस गर्नुभएकाे थियाे ।
तर विवाद भएपछि नवनियुक्त मन्त्री संगीताको भने शपथ नहुने जनाइएकाे छ ।




प्रतिक्रिया दिनुहोस्