Logo २२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025


कैलालीका डा.जगत बिकलाई स्वास्थ्यमन्त्री बनाउन सरकारसँग मृतकका परिवारकाे माग (पत्रसहित)


3.2k
Shares

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी युवाहरुले गरेको आन्दोलनमा ज्यान गुमाएका परिवारहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्याललाई मागपत्र बुझाएका छन् ।

मृतकहरूका परिवारले आइतबार प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याललाई मागपत्र बुझाएका हुन् । मृतकका परिवारले कैलालीको लम्किचुहा नगरपालिका-६, चैनपुरका २७ वर्षीय डा. जगत बिकलाई स्वास्थ्यमन्त्री बनाउन माग गरेका छन् ।

मन्त्रिपरिषद गठन र विभिन्न आयोग तथा समितिहरू बनाउने प्रक्रियाको व्यापक छलफल गरिरहेको भएता पनि मृतक परिवारका प्रतिनिधिहरूलाई कुनै पनि छलफलमा सामेल नगरिएको भन्दै मृतकका परिवारले असन्तुष्टि समेत जनाएका हुन् ।