Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


राष्ट्रपति पौडेलले आँट गरेर संविधान जोगाएकाे मालेका महासचिव मैनालीकाे तर्क


845
Shares

काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले राष्ट्रपति रामचन्द्र पौडेलले आँट गरेर मात्रै संविधान जोगिएको बताउनुभएको छ ।

काठमाडौंमा आइतबार प्रगतिशील लेखक संघ, नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । पश्चिमा र अन्य शक्तिहरुले नचाहँदा नचाहँदै आफूमा अन्तर्निहित अधिकारको प्रयोग गरेर संविधान जोगाउने आँट गरेको बताउदै उहाँले राष्ट्रपति पौडेलको प्रशंशा समेत गर्नुभयाे ।

महासचिव मैनालीले निर्वाचन हुनका लागि राजनीतिक दलहरुले संसद पुनःस्थापनाको माग राखेर आन्दोलन गर्न नहुने पनि बताउनुभएकाे छ। उहाँले जेनजी पुस्ताले आफूहरुको माग पूरा गराउनका लागि दबाब दिएपनि मुलुकमा चुनाव हुन नसक्ने अवस्था आउने दावी समेत गर्नुभयो ।

महासचिव मैनालीले नेपालमा संविधान मास्नका लागि वाह्य शक्तिहरुले चलखेल गरिरहेको पनि बताउनुभएकाे छ। महासचिव मैनालीले मुख्य राजनीतिक दलहरुले गलत काम गरेका कारण मुलुकमा विपत्ति आइपरेको दोहोर्याउनुभयो ।