
काठमाडौं । शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार १ सय ११ दशमलव ७० अंकले बढेको छ ।
गत हप्ताको बिहीबार १ सय ६० दशमलव ३३ अंकले नेप्से घटेको थियाे । आइतबार ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँका कारोबार हुँदा नेप्सेको पूँजीकरण पनि ४ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ । आइतबार नेप्सेमा २ सय ५२ वटा कम्पनीको कारोबार भएकोमा २ सय २४ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएकाे हाे । २८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे छ।
आइतबार नेप्सेमा भएको सेयर कारोबारमा ९ वटा विभिन्न कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सर्किट लागेकाे हाे। सेयर कारोबारमा म्यूचुअल फन्ड र निर्जीवन बिमा समूह बाहेक अन्य सबै समूहमा हरियाली भएको नेप्सेले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्