Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य (विज्ञप्तिसहित)


1.9k
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नुभएकाे छ।

उहाँले मंगलबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य हुने बताउनुभएकाे हाे । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदकाे मिति २०८२/०५/३० को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत २०८२ साल भदौ ३१ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गर्नुभएको प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।