Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


जेनजीकाे आन्दाेलन: मृत्यु भएका ३९ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइयाे


325
Shares

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले यहि भदौ २३ र २४ गते भएको जेनजीकाे आन्दाेलनमा मृत्यु भएका ३९ जनाको शवपोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको छ ।

फरेन्सिक विभागले मंगलबार ४६ जनाको शव परिक्षणका लागि ल्याइएकोमा ३९ शवको परीक्षण गरिएको जनाएकाे हाे । बाँकी ७ जनाको शव चिन्न नसक्ने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्नुपर्ने भएकाे छ। प्रहरीको पत्र आइसकेपछि डिएनए परीक्षण गरिने विभागले जनाएकाे हाे ।

प्रदर्शनका क्रममा देशैभरी ७३ जनाको मृत्यु भएको छ। मृत्यु भएका ३९ जनाको त्रिवि शिक्षण अस्पताल र २ जनाको पाटन अस्पतालमा गरी जम्मा ४१ जनाको पोस्टमार्टम भएको छ ।