Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


जेनजी आन्दोलन: घटनाको निष्पक्ष छानविनको काम पहिलो प्राथमिकतामा: गृहमन्त्री अर्याल


1k
Shares

काठमाडाैं । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई निष्पक्ष रूपमा छानविन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

सिंहदरबारमा साेमबार पदभार ग्रहण गरेलगत्तै उहाँले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सोही कुरा बताउनुभएको हो । जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानूनी राज्यको प्रत्याभूति दिलाउन पनि सरकारले सो क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानविनको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको गृहमन्त्री अर्यालको भनाइ छ ।

मन्त्री अर्यालले जेनजी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै त्यसक्रममा भएका भएका जनधनको क्षतिलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने बताउनुभयो । नयाँ पुस्ताको मागअनुसार अघि बढन पनि कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभएकाे छ ।


उहाँले भन्नुभयो,-‘सबै भन्दा पहिलो प्राथमिकताको रुपमा जसको मृत्यु भयो । शवको व्यवस्थापन गर्नुपर्छ । उनीहरुको परिवारलाई के-के सहयोग गर्नुपर्छ । घाइतेहरुको त उपचार नै गर्नुपर्यो । घाइतेलाई कुर्नेहरुको सम्बन्धमा पनि त्यहीं अनुसार गर्नुपर्यो । उहाँहरुलाई राज्यले शहीद घोषणा गरिसकेको छ । शहीद घोषणा गरिसकेपछि त्यहीअनुसार मान र सम्मान पनि दिनुप¥यो । त्यसमा पनि हामीले केही प्रक्रिया अघि बढाईसकेका छौं । शोक दिवस मनाउने लगायतका कुराहरु छन । यी सबै कुराहरुलाई हेर्दा राज्यले पीडितलाई र उहाँहरु सरिक भएर गरिएको जनबिद्रोहलाई पूरापुर देशको राष्ट्रपति संस्थादेखि लिएर सबैले यसलाई स्विकारी सकेको अवस्था भएको हुनाले यो कुरा सबैलाई अनुभूति गराउनु पर्छ । किनभने हामी हरेक चोटी जनआन्दोलन सफल भएपछि ट्रान्जिक्शन र त्यसपछिको अवस्थामा यो खालको भाष्यमा केन्द्रित भएका हुन्छौं । विगतमा पनि त्यही हो, अहिले पनि त्यही हो । त्यसकारणले युद्ध हुन्छ । युद्धको कानून हमेशा हुन्छ । अव यहाँ सुरक्षा क्षेत्रकै सरहरु, म्याडमहरु हुनुहुन्छ । अब कहीं विद्रोह छ भने त्यसको पनि आफ्नो कानून हुन्छ । कति गर्न पाउने, नपाउने भन्ने हुन्छ । त्यस स्थितिलाई सामान्यीकरण गर्दै रुल अफ ललाई हामीले ब्रेक डाउन भएको छ । त्यसलाई हामीले पुनस्र्थापना गर्नु छ । जहाँ अधिक बल प्रयोग भएको छ । जहाँ दुरुपयोग भएको छ आफ्नो अधिकारको, स्वतन्त्रताको । त्यसको पनि जाँचबुझ हुनै पर्छ निष्पक्ष रुपमा । यसलाई गर्नै पर्छ । हाम्रै छोराछोरी मारिनु भएको छ । धनजनमा क्षति भएको छ । यसलाई हामी सबैले मिलेर सम्बोधन गर्नैपर्छ । त्यसकारण मैले यी सबै विषयलाई मूर्त रुपमा सम्बोधन गर्ने भनेको प्रोफेशनल वर्गले नै हो । राज्यका संयन्त्रले नै हो । यसमा हामी सबै मिलेर गरौं ।’

मन्त्री अर्यालले आन्दोलनका क्रममा भएका शहीदको सम्मानमा सरकारले कुनै कमी हुन नदिने पनि बताउनुभयो ।