
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
देशैभरी साधारणतया सोमबार दिउँसाे भने बदली हुने भएको छ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको हाे। गण्डकी, लुम्बिनी, कर्णाली, कोशी र बागमती प्रदेशको केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
देशैभरी साधारणतया साेमबार राति भने बदली हुने भएकाे छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हाे।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्