Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


नेपालकाे इतिहासमा पहिलाे महिला वरिष्ठ अधिवक्ता भण्डारी महान्यायाधिवक्तामा नियुक्त


1.9k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएकाे छ ।

प्रधानमन्त्री कार्कीले बराललाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएकाे थियाे। प्रधानमन्त्री कार्कीको सिफारिसमा बराललाई आइतबार साँझ महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएकाे छ । आइतबार मात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गर्नुभएकाे थियाे।

योसँगै मुलुकले पहिलो पटक महिला महान्याधिवक्ता पाएको छ । यसअघि अहिलेसम्म महान्यायाधिवक्तामा महिलाको प्रतिनिधित्व भएको थिएन । प्रधानमन्त्री कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास रच्नुभएकाे हाे । उहाँ पहिलो महिला प्रधानन्यायाधीश पनि हुनुभएकाे थियाे ।

प्रधानमन्त्री कार्कीले महान्यायाधिवक्तामा पनि महिला नै नियुक्त गर्नुभएकाे छ ।