
काठमाडौं । जेनजी युवाकाे आन्दाेलनका कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले साेही भुक्तानी प्रणाली आइतबारदेखि सुचारु भएको बतारउनुभएकाे हाे । उहाँले असहज परिस्थित हुँदा रोकिएको भुक्तानी प्रणाली आज देखि भुक्तानी दिन थालिएको बताउनुभयाे । सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब–भत्ता पाउने सबै कर्मचारीले दशैं अगाडि नै तलब–भत्ता पाउने अवस्था बनेको छ ।
प्रवक्ता पाण्डेयले असहज परिस्थिति सिर्जना भएकाले केही दिन भुक्तानी रोकिएको बताउनुभएकाे छ । तर अब सरकारले नियमित प्रक्रियाबाट दिनुपर्ने आवश्यक भुक्तानीहरू अब क्रमश हुने उहाँ काे भनाइ थियाे । उहाँले आइतबारदेखि राजस्व संकलनको काम पनि सुचारु भएको र आन्दोलनबाट क्षति भएका राजश्व कार्यालयहरू मध्ये धेरै जसो भन्सार कार्यालयहरू सञ्चालनमा आएको बताउनुभयाे ।
पूर्ण क्षति भएका केही आन्तरिक राजस्व कार्यालयबाहेक अन्य सबै कार्यालयहरू सञ्चालनमा आइसकेको प्रवक्ता पाण्डेयको भनाइ छ । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोड्फोड गरेका थिए ।
४ आन्तरिक राजस्व कार्यालय र ४ वटा भन्सार कार्यालयमा भने आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्