Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


बर्दियाको ठाकुरबाबा नगरपालिका–६ र ७ मा बाढी, कम्तीमा ८० घर डुबानमा


0
Shares

बर्दिया । बर्दियामा दुई दिनदेखि लगातार बर्षाकाे कारण ठाकुरबाबा नगरपालिका–६ र ७ का विभिन्न क्षेत्रमा गिठेखोला तथा निकुञ्जकाे झरनाबाट आएकाे बाढीले घर डुबानमा परेकाे छ ।

बिहिबार मनिकापुरस्थित गिठेखोलामा बाढी बढेपछि लंकापुर, मनिकापुरलगायतका टोलहरुमा बाढी पसेर कम्तीमा ८० घरहरु डुबानमा परेकाे कार्यपालिका सदस्य पुजा सुनारले जानकारी दिएकी छन् ।

उक्त बाढीबाट नगर प्रमुख, स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीयहरुकाे सहयोगमा प्रभावित भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताएकी छन् ।

उक्त नगरपालिकामा अझै पनि बाढीकाे जोखिम कायम रहेकोले सचेत रहन स्थानीयलाई आग्रह गरिएको छ।