Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


जेनजी युवाबीच सैनिक मुख्यालयकाे सडकमा कुटाकुट


6k
Shares

काठमाडौं । सैनिक मुख्यालय अगाडि पुगेका जेनजी युवाहरूबीच कुटाकुट भएको छ।

उनीहरु अन्तरिम प्रधानमन्त्री तय गर्नका लागि मुख्यालय अगाडिको सडकमा जेनजीका दुई समूहबीच कुटाकुट भएको हो ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन नहुने भन्दै केही युवाहरूको समूह नाराबावजीसहित पुगेको थियो । अर्कातिर काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङ पक्षधर युवाहरू पनि जम्मा भएका छन् ।

उनीहरूबीच सैनिक मुख्यालयको गेटमा कुटाकुट र ग्याङ फाइट नै चलेको हो । सैनिक मुख्यालय अगाडिको सडक क्षेत्र हाल दुई पक्षबीचको कुटाकुटले तनावग्रस्त बनेको छ।