Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


सुन्धारामा जेनजी युवाबीमा नै झडप, स्थिति तनावग्रस्त


0
Shares

काठमाडौं । काठमाडौंको सुन्धारा अगाडि बिहीबार दिउँसाे जेनजी युवाहरूकाबीचमा झडप भएको छ ।

जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दावी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा हाल भेला भएका हुन् ।प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अहिले मुलुक सरकारविहीन अवस्थामा रहेको छ ।

नेपाली सेनाले कमाण्ड हातमा लिएर युवाहरूसँग छलफल गर्न थालेपछि फरक फरक समूह जेनजी आन्दोलनको नेतृत्वकर्ताको दावी राखेर प्रस्तुत भइरहेका छन् । अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एक-अर्काका सिफारिसलाई अस्वीकार गर्दै युवाहरूबीच विवाद भएको हो ।

अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश शुशीला कार्की, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेन, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङ र धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङलाई अघि सारेका विभिन्न समूहबीच बुधबार सैनिक मुख्यालय जंगीअड्डा अगाडि पनि विवाद भएको थियो ।

बिहीबार युवाहरू सुन्धारा क्षेत्रमा भेला भइरहेका छन् । जंगीअड्डा परिसर अगाडि सेनाले भडि जम्मा हुन नदिएपछि युवाहरू सुन्धारा क्षेत्रमा भेला हुन थालेका प्रहरीले बताएकोहो ।