Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


पूर्वप्रधानन्यायाधीश कार्कीलाई नै देशको अन्तरिम सरकार बनाउनुकाे विकल्प छैन: जेनजी युवा


0
Shares

काठमाडौं । जेनजी युवाको एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नै देशको अन्तरिम सरकार बनाउने बताएको छ ।

सोही समूहले बिहीबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । हाल देश अभिभावक विहीन भएको अवस्थामा पूर्वप्रधानन्यायाधीश कार्की नै अन्तरिम सरकारका लागि उपयुक्त पात्र भएको जेनजी युवाको तर्क रहेको छ । याेसँगै कार्कीसँग विविध कानूनी ज्ञानकाे ज्ञाता भएका कारण पनि देशका लागि आवश्यकता रहेकाे उनीहरुकाे बुझाइ रहेकाे हाे ।

जेनजी युवा एक जुट भएर अघि बढ्नुको विकल्प नरहेकाे उनीहरुको निष्कर्ष रहेको छ । जेनजी युवामाथि राष्ट्रको सार्वजनिक सम्पत्ति जलाएर नष्ट गरेको भनेर समेत आरोप लगाएकोप्रति उनीहरुले आपत्ति जनाएका छन् ।

तर साेही सम्पत्ति जेनजीकाे नाममा अन्य तत्वले जलाएकाे उनीहरुकाे आशय रहेकाे थियाे । अब सबै उऔक जुट भएर देश बनाउनुपर्नेमा उनीहरुकाे जाेड छ । शिक्षा र स्वास्थ्यका साथै भावी पुस्ताका लागि सुनाैलाे भविष्यकाे निमार्ण गर्ने याेजना रहेकाे जेनजी युवाकाे दावी रहेकाे छ ।