Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


एमालेको दोस्रो विधान महाधिवेशन आज सकिंदै


91
Shares

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आइतबार सकिंने भएकाे छ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबारदेखि जारी महाधिवेशन आइतबार सम्पन्न हुने एमालले जनाएकाे हाे ।महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि १० वटा समूहबीचको विमर्श सकिएको छ। विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो। कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिले छुट्टाछुट्टै समूहमा विमर्श भइसकेपछि प्रतिवेदन लेख्न शुरु गरिएको छ।

प्रतिवेदन आइतबार प्रत्येक समूहका टोलीका नेताले महाधिवेशन हलमा प्रस्तुत गर्ने भएका छन्। शनिबार दिनैभरी छलफल विमर्शपछि त्यसको निष्कर्ष निकालेर प्रतिवेदन लेखन कार्य शुरु भएको एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामाले बतानुभयाे । सहभागी प्रतिनिधिले दिएको सुझावका आधारमा १० वटा नै समूहले आफ्नो प्रतिवेदन लेख्न थालेको उहाँकाे भनाइ छ ।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख गौतमले शनिबार सबै समूहले छलफल विमर्श सकेर आइतबार प्रतिनिधिको सुझावसहितको प्रतिवेदन समूहगत नेताले हलमा प्रस्तुत गर्ने उल्लेख गर्नुभयाे ।