Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


माओवादी केन्द्रलाई जनताले विश्वास नगरे देश बच्दैन: अध्यक्ष दाहाल


546
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा बुधबार पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद, २०८२ लाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने उहाँको तर्क छ। उहाँले माओवादीले सरकारमा रहेर नराम्रा काम नगरेको समेत जिकिर गर्नुभयो।

नेपाली कांग्रेस र नेकपा एमाले भ्रष्टाचारमा लिप्त रहेको समेत उहाँको आरोप छ । वर्तमान सरकार डरबाट बनेको दावी गर्दै सुशासन दिनका लागि नबनेको उहाँको दावी थियो । माओवादी अनुसारको पाठ्यक्रम, योजना र नीतिहरू बन्नुपर्नेमा त्यसो हुन नसकेको पनि उहाँले स्वीकार गर्नुभएको छ ।

माओवादीले पनि विगतमा गरेका कमी र कमजोरी सच्याएर अघि बढ्ने अध्यक्ष दाहालले बताउनुभयो ।