
काठमाडाैँ ।
अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा मंगलवार राति भएको सडक दुर्घटनामा महिला र बालबालिकासहित ७९ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले जानकारी दिनुभएको छ ।
पीडितमध्ये १९ जना बालबालिका रहेको अधिकारीले बताए । यसअघि हेरात शहरका स्थानीय अधिकारीहरूले मृतकको संख्या ६४ पुगेको र तीन जना घाइते भएको बताएका थिए ।
इरानबाट फर्किएका अफगानी नागरिक बोकेको यात्रुवाहक बस मंगलवार राति छिमेकी इरानलाई अफगानिस्तानको हेरात शहरसँग जोड्ने सडकमा मोटरसाइकल र मिनी ट्रकसँग ठोक्किएपछि रक्तपातपूर्ण सडक दुर्घटना भएको हो ।
दुर्घटनाको लागि लापरवाह ड्राइभिङलाई दोष दिँदै स्थानीय अधिकारीहरूले घातक दुर्घटनामा बसमा आगलागी भएकोले अधिकांश मृतकको शव पहिचान गर्न सकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्