Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दुई काम गरेमा जारी युद्ध तत्काल अन्त्य हुने ट्रम्पकाे दावी


9.6k
Shares

एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुईवटा काम गरे साढे तीन वर्षदेखि जारी युद्ध तत्काल अन्त्य हुने दावी गरेका छन् ।

राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरू सोमबार ह्वाइट हाउस पुगेर ट्रम्पसँग वार्ता गर्ने बताएका हुन्। वार्ता अघि नै राष्ट्रपति ट्रम्पले जेलेन्स्कीले दुइटा काम गरे युद्ध तत्काल अन्त्य हुने दावी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो,-‘पहिलो, युक्रेनले सन् २०१४ मा रुसले अवैध रूपमा कब्जा गरेको क्राइमियामाथिको दाबी छाड्ने र दोस्रो, युक्रेन कहिल्यै नेटो सैन्य गठबन्धनमा सामेल नहुने ।’

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध लगभग तुरुन्तै अन्त्य गर्न सक्छन्। वा लडाइँ जारी राख्न सक्छन्। याद गर्नुहोस् यो कसरी सुरु भयो। ओबामाले १२ वर्षअघि एउटा गोली पनि नचलाई क्राइमिया दिए। र युक्रेन नेटोमा नजाने कुरा, ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्।

उनले युद्ध अन्त्यका लागि युद्ध सुरू कहाँबाट भयो भन्नेमा जानुपर्ने र त्यहीँबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।