१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


ज्ञानेन्द्र शाहीले मागे परराष्ट्र मन्त्री डा.देउवाको राजीनामा


1.781k
Shares

​काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाको राजीनामा माग गर्नुभएकाे छ ।

इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै शाहीले परराष्ट्र मन्त्रालयको भूमिकामाथि गम्भीर प्रश्न उठाउनुभएकाे हाे ।

​शाहीले आफ्नो सामाजिक सञ्जालमार्फत परराष्ट्र मन्त्री र मन्त्रालयका कर्मचारीको कडा आलोचना गर्दै उनीसँग कूटनीतिक ज्ञानको अभाव रहेको र नागरिकको जीवन रक्षा तथा दुःखमा परेका नागरिकलाई सहयोग गर्न नसकेको आरोप लगाउनुभएकाे छ ।

शाहीले सामाजिक सञ्जालमा ‘नागरिकको जीवन रक्षा गर्न नसक्ने, दुःखमा परेका नागरिकको घाउमा मल्हम लगाउन नसक्ने परराष्ट्र मन्त्री, आज देउवा राणा र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पदमा बसेको कुनै औचित्य छैन’, लेख्नुभएकाे छ ।

​विशेषगरी विपिन जोशीकी आमा र बहिनीको हालको अवस्थाप्रति सरकार गम्भीर नभएको भन्दै शाहीले असन्तोष व्यक्त गर्नुभएकाे छ । उहाँले पीडित परिवारको वेदनाप्रति राज्य जिम्मेवार नभएको र निष्क्रियता देखाएको भन्दै आपत्ति जनाउँनुभएकाे छ ।

‘कामै नगर्ने तथा कूटनीतिक ज्ञान नभएका कर्मचारीहरू पदमा बसिरहनु अर्थहीन छ,’ उहाँले भन्नुभएकाे छ ।