Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


भारतीय विदेश सचिव मिश्री काठमाडौं आइपुगे


312
Shares

काठमाडाैं ।

भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन्। पराष्ट्र मन्त्रालका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री काठमाडौं आएका हुन्।

विमानस्थलबाट सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका मिश्रीले त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि मिश्री नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेट्ने छन्।

परराष्ट्र सचिव राईसँग द्विपक्षीय वार्ता गरेपछि उनले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग पनि भेटवार्ता गर्ने छन्। उक्त दिन बेलुकी सचिव राईले मिश्रीको सम्मानमा रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ।

भदौ २ गते मिश्रीले पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ। स्रोतका अनुसार मिश्री र राईबीचको बैठकमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डा तय गरिनेछ।