२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौं : महानिरीक्षक अर्याल


4.056k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीहरुलाई रासनको अभाव रहेको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक अर्यालले सुरक्षाकर्मीहरुले धेरै समस्यामा रहेर काम गर्नुपरेको उल्लेख गर्नुभयो । काठमाडौंमा सशस्त्र प्रहरी बलले बिहानको चियादेखि बेलुकाको खानासम्म २०३ रुपैयाँमा रासनको व्यवस्था गर्नुपरेको बताउनुभयो । सुरक्षा बललाई पोशाक किन्न ३ अर्ब ७ करोड आवश्यक पर्ने भएपनि ६१ करोड १८ लाख मात्रै दिने गरिएको र यसले गुणस्तरीय पोशाक किन्न समस्या रहेको गुनासो गर्नुभयो । यसबारेमा सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अपराध नियन्त्रणका लागि सीमामा अभिलेख राख्ने काम गरिरहेको पनि बताउनुभयो । मनोबलका लागि ५ सय जनाको इन्स्योरेन्स गरेको बताउनुभयो ।