२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


आर्थिक विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित


520
Shares

काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव पेस गर्नुभएकामा बहुमतले उक्त प्रश्ताव पारित गरेको हो ।

आर्थिक विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ ।