
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक ९बाफिया० पास गर्दा सुखद् परिणाम नआउने बताउनुभएको छ ।
बिहीबारको अर्थ समितिमा भएको बाफियासम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले गम्भीरताका साथ अन्तर्राष्ट्रिय प्रचलनअनुसार कानूनहरु निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताउनुभएको हो । उहाँकाअनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन बाफिया विधेयकमाथि व्यापक रुपमा नयाँ ढंगले छलफल गरेर जानुपर्छ । उहाँकाअनुसार मुलुकको अर्थतन्त्र कृषिमा आधारित छ । चामललाई आत्मनिर्भर बनाउन कृषिमा कसरी लगानी गर्नसक्छौं त्यसबारे सोच्नुपर्छ ।
सांसद कार्कीले ऋण लिन अहिले पनि जनतालाई सहजता नरहेको बताउनुभयो । सांसद कार्कीकाअनुसार एक करोड तल ऋण लिन बैंकमा जनता जाँदा पाउन कठिन भइरहेको छ । धितोका नाममा धेरै दुःख दिने काम भइरहेको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्