Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


दुध किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई निर्देशन


221
Shares

काठमाडौं । संसदीय समितिले दुध किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले दुध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

पीडामा रहेका दुध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति डा. आरजु राणाले जानकारी दिनुभयो । बैठकले कृषि क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सचेत गराएको छ ।

हाल बजेटको ३ प्रतिशत मात्रै लगानी कृषि क्षेत्रमा राज्यले गरेको पाइएकाले आगामी आर्थिक वर्षमा कम्तिमा ५ प्रतिशत बजेट पु¥याउन सरकारको ध्यानाकर्षण गराइएको समिति सभापति राणाले बताउनुभयो । कृषि क्षेत्र मुलुकको सबैभन्दा बढी प्रतिफल दिने क्षेत्र भएकाले यस क्षेत्रमा लगानी बढाउने कुरामा सरकारले कम्जुस्याई गर्न नहुने समितिको निष्कर्ष थियो ।

बैठकमा समितिका सदस्यहरुले कृषि क्षेत्रको उत्थानमा सरकार गम्भिर नभएको गुनासो गरेका थिए । उनीहरुले मानव संशोधन र प्रविधिमा जोड दिएर कृषि क्षेत्रको विकास गर्न पनि सरकारलाई सुझाव दिएका थिए ।