Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


जलवायु परिवर्तनको असरमा विकसित देशहरुले क्षतिपूर्ति दिनुपर्ने कुरा खुशीको क्षण : वर्षमान पुन


494
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनमा नेपालले परेको असरमा विकसित देशहरुले क्षतिपूर्ति दिनुपर्ने कुरा गर्नु खुशीको कुरा भएको बताउनुभएको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा महासचिव गुटेरेसले सम्बोधन गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद पुनले गुटेरेसले नेपालले जलवायु परिवर्तनको असरमा विकसित देशहरुबाट सहयोग पाउनुपर्ने कुरा गर्नु खुशीको कुरा भएको बताउनुभएको हो । उहाँले महासचिव गुटेरेसले प्रभावित देशहरुलाई विकसित देशहरुले सहयोग गर्नु दायित्व भएको कुरा सम्बोधन गर्नुभएको भन्दै नेपालले पाउनुपर्ने सुविधा पाउनुपर्ने बताउनुभएको हो ।

सांसद पुनले शान्ति प्रक्रियाका बाँकी कामहरु नेपालका सबै पक्षहरु बसेर मौलिक ढंगले सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणले नेपालको गौरव बढाएको बताउनुभयो ।