Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


संघीय स्वरुपमा जाँदा विद्यालय शिक्षा विधेयकमा केही कुराहरु छुटेका छन् : सांसद पुन


273
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले विद्यालय शिक्षा विधेयकलाई निक्र्योलमा पुर्‍याउने जिम्मा सांसदको हातमा रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रश्तावमाथि छलफलमा भाग लिँदै सांसद पुनले सरकारले संसदबाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्वीकार गरेकालेपनि विधेयक टुगोंमा पुर्‍याउने जिम्मा सांसद्हरुको रहेको बताउनुभएको हो । उहाँले सरकारले ढिलो भएपनि विद्यालय शिक्षा विधेयक संसद्सम्म ल्याएको भन्दै विधेयकलाई संसोधन गरेर शिक्षा सम्बद्ध सरोकारवालाका अधिकारहरुलाई समेट्नुपर्ने बताउनुभयो ।

सांसद पुनले अहिलेको अवस्थामा समाजवाद तर्फ लैजान सक्ने राष्ट्रिय जनशक्ति तयार गर्न जरुरी रहेको बताउनुभयो । वैज्ञानिक र प्राविधिक शिक्षाले मात्रै देश समृद्ध हुने भन्दै संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय कुराहरु अपुग भएको उहाँको भनाई छ ।

सांसद पुनले संविधानको मर्म अनुसार विधेयकलाई अघि बढाउनुपर्ने बताउनुभयो ।