Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


वर्तमान सत्तारुढ गठबन्धन स्वार्थका लागि होइन : वर्षमान पुन


65
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सैद्धान्तिक कुरा मिलेका कारण नै वर्तमान सत्तारुढ गठबन्धन बनेको बताउनुभएको छ ।

सोमबार नेपाली कांग्रेसका नेता स्वर्गिय प्रदीप गिरीको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले सैद्धान्तिक कुरा मिलेरै गठबन्धन बनेको बताउनुभएको हो ।

वर्तमान सत्तारुढ गठबन्धन स्वार्थका लागि नभएको उहाँले बताउनुभयो । उहाँले शान्ति सम्झौतादेखि संविधान निर्माण गदासम्म आइपुग्दा आफुहरुका बिचमा साझा बिन्दुहरु बनाएको बताउनुभयो । उहाँले संविाधानलाई बचाउन र सुदृढ गर्नका लागि पनि आफूहरु एकै ठाउँमा रहेको बताउनुभयो । उहाँले सामाजिक न्याय सहितको समृद्धि र आर्थिक विकासको लागि आफूहरु गठबन्धनमा सामेल भएको बताउनुभयो ।

उपमहासचिव पुनले गाउँघरमा अझैपनि विद्युत, सडक, खानेपानी र शिक्षाको पहुँच पुग्न नसकेको भन्दै जनतामा त्यसको पहुँच पु¥याउनका लागि पनि मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता लगायतका राष्ट्रिय अडानका विषयहरुमा दलहरुका बीचमा आपसी सहकार्य हुनुपर्ने धारणा राख्नुभयो ।